Logo
Logo

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन


7.6k
Shares

काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको कार्यदल सदस्य तथा माओबादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

प्रदेशसभाको सिट फाँडफाँटबारे पनि छलफल सुरु भएको छ । ठोस सहमति बनेको छैन । अब अर्को बैठक काँग्रेसले समन्वय गरेर बोलाउने गुरुङले बताए ।

यसअघि काँग्रेसले १०० सिट तथा माओवादी केन्द्र ६०, एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्