Logo
Logo

ललितपुरको इमाडोलमा प्राइम कमर्सियल बैंकको शाखा सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहबीच बैंकका संचालक प्रा.डा. मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको समुदघाटन गरेकी छन् । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाको सञ्जाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्