Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्स ३६औँ वर्षमा


315
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आज ३५औं वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीको सहभागिता रहेको थियो ।

देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको छ ।

कम्पनीको जीवन बीमा कोषमा रु. ५६ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/७८ बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितलाई उत्कृष्ट बोनस प्रदान गर्दै आएको छ । आव २०७७/७८ को बीमाङ्कीय मूल्याङ्कनपश्चात बीमितलाई न्यूनतम प्रतिहजार रु ६३ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको बताएको छ ।

कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले स्थापनाकालदेखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.८५ अरब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल रु.२९ अरब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

यस अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधिमैत्री पारदर्शिता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । कम्पनी सञ्चालनको ३६औं वार्षिकोत्सवका अवसरमा यस कम्पनीप्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावन, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्