Logo
Logo

नेपालीलाई सहजीकरण गर्न इजरायलमा २४ घण्टे हटलाइन सेवा


441
Shares

लण्डन । इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ । संघले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ ।

आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास इजरायल लगायतका त्यहाँ सक्रिय नेपाली संघ-संस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

हटलाइनमार्फत प्राप्त समस्या र गुनासोलाई इजरायलस्थित संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास तथा सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गरिने संघले जनाएको छ।

सेवा लिन संघका कर्मचारीहरु राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत) ९८०१८६११००, बन्दना शर्मा (सहायक निर्देशक) ९८०१८६११०१, इन्द्रलक्ष्मी घिमिरे (सञ्चार तथा वैदेशिक रोजगार अधिकृत) ९८०१८६११२३ लाई सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्