
काठमाडौं । सरकारले भिसा प्राप्त गरिसकेका २४ नेपालीलाई इजरायल नजान आग्रह गरेको छ । इजरायल र प्यालेस्टिनबीच युद्ध जारी रहेकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई तत्काल इजरायल नजान आग्रह गरेको हो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा उनीहरू छनोट भएका थिए । उनीहरू असोज २४ गते राति १ बजे इजरायल उड्ने तयारीमा थिए । मन्त्रालयले इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगारीसम्बन्धी थप कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ ।
इजरायलमा हमास समूहको आक्रमणबाट १० नेपालीको मृत्यु भएको छ भने त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया सुरु भएको छ ।














