Logo
Logo

मनकामना मन्दिरको विषयमा पर्यटनमन्त्रीले गरे सरोकारवालासँग अन्तरक्रिया


630
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गोरखाका स्थानीयसँग अन्तरक्रिया गरेका छन् ।

मन्त्री किरातीले मनकामना मन्दिरको विषयमा र त्यसक्षेत्रको विकासमा सरकारले खेल्नुपर्ने भुमिकाबारे गाउँपालिका, सरकारका प्रतिनिधिहरू, मनकामना क्षेत्र विकास समिति, स्थानीय जनता र दलका नेताहरूसँग अन्तरक्रिया गरेका हुन् ।

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिना ‘साकार’ले जानकारी दिए ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले त्यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।

गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ ।

प्रतिक्रिया दिनुहोस्