Logo
Logo

राष्ट्रपतिको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन


756
Shares

काठमाडौं । चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेसँगै रिहा भएका थिए ।

मानन्धरकी पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताले दबाबपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध ¥यालीको आयोजना गरेका छन् ।

यस्तै, सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै, उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो । सो बमोजिम आज पाँच बजेभित्र सरकारले लिखित जवाफ दिन्ुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्