Logo
Logo

‘किड्स एक्स्पो-२०२३’ सम्पन्न


315
Shares

काठमाडौं । आईएमएस ग्रुपद्वारा आयोजित दोस्रो ‘किड्स एक्स्पो–२०२३’ सम्पन्न भएको छ । आयोजकका अनुसार एक्स्पोमा तीन हजारभन्दा बढी आगन्तुकको उपस्थिति रहेको थियो ।

यो एक्स्पोमा सहभागीहरूका लागि रमाइला खेलहरू, स्वादिष्ट खाना र बच्चाहरुका लागि दशैंको किनमेल गर्ने अवसरका साथै आफ्ना प्रियजनसँग दिगो सम्झनाहरू सिर्जना गर्ने मौका बनेको थियो । त्यस्तै, ४० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरूको सहभागिता रहेको यस कार्यक्रम अभिभावकत्व र बालहेरचाहसँग सम्बन्धित सबै चीजका लागि व्यापक थला बनेको थियो ।

दशैंको थिममा आधारित यस वर्षको एक्स्पो गुणस्तरीय उत्पादनहरु र नवीनतम शैक्षिक उपकरणहरूको साथ बच्चाहरू र अभिभावकका लागि एक प्रमुख गन्तव्य बनेको थियो ।

‘किड्स एक्स्पो २०२३’को अतुलनीय सफलता हाम्रा आगन्तुक, प्रायोजक र प्रदर्शकहरूको अटुट समर्थनको परिणाम हो । यस कार्यक्रमलाई उल्लेखनीय उपलब्धि बनाउन सहयोग गर्ने सबैलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौँ’ एक्स्पो आयोजक समितिले भनेको छ ।

यस वर्षको किड एक्स्पोको भव्य सफलतासँगै आयोजक समितिले सन् २०२४ मा परिवारका लागि अझ उत्साहजनक अनुभव प्रदान गर्न अर्को वर्षको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्