Logo
Logo

एनआईसी एशिया बैंकले बिक्रीमा राख्यो निफ्रासहित ४ कम्पनीको सेयर


441
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ४ कम्पनीको सेयर बिक्रीमा राखेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी), सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर एकैपटक बिक्रीमा राखेको हो ।

नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र निफ्राको १० लाख कित्ता गरी कुल ११ लाख ५९ ६० कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जानकारी दिएको छ ।

बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २७३ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १६५ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्