Logo
Logo

साइमेक्स इन्कको बीवाईडी हाई-टेक विक १५ फागुनदेखि


315
Shares

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले बीवाईडी हाई-टेक विक २०२५ गर्ने घोषणा गरेको छ । यो कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने पहिलो इभेन्ट हुने कम्पनीको दाबी छ ।

द एभरेस्ट होटलमा यही १५ देखि १८ फागुनसम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इन्नोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुने बताइएको छ ।

कम्पनीका अनुसार बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुने र यसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउनेछ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुनेछ ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इन्नोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रीन इनर्जी एड्भोकेटलगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्य बारेमा अध्ययन अन्वेषण गर्न सकिनेछ ।

बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्