– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
अगस्ट ११ मा रूसका राष्ट्रपति भ्लादीमिर भ्लादीमिरोवीच पुटिनले मस्कोमा कोभिड–१९ को पहिलो खोप बनाएको घोषणा गरेका थिए । त्यसपश्चात गत मंगलबार यसै स्तम्भमा ‘कोभिड–१९ ः रूसी खोप नेपाल भित्र्याऔँ’ शीर्षकमा लेख प्रकाशित भएको थियो । काठमाडौंस्थित रूसी राजदूत एलेक्सेई ए नोभिकोभले सोही दिन राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा शिष्टाचार भेट गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने जानकारी गराएका छन् । र, नेपालले चाहेमा नेपाललाई प्राथमकितामा राखेर उक्त भ्याक्सिन उपलब्ध गराउन सकिने कुरा बताएका छन् । यस्तै मस्को–काठमाडौं हवाई सम्पर्कका लागि समेत राजदूत एलेक्सेईले नेपालसमक्ष प्रस्ताव राखेका छन् ।

योभन्दा अघि यस्तै किसिमको महामारी स्पेनिस फ्लूले सन् १९१८ मा विश्वका पाँच करोडभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । अहिले आएर विश्वले ज्ञान–विज्ञानको क्षेत्रमा धेरै प्रगति गरिसकेको हुनाले कोभिड–१९ पनि छिट्टै नियन्त्रणमा आउने आशा गर्न सकिन्छ । सम्पूर्ण विश्व र नेपालको यस्तो भयावह अवस्थामा नेपालको पुरानो मित्र देश रूसले आफूले विकसित गरेको पहिलो कोरोना खोप नेपाललाई उपलब्ध गराउनका लागि खुला हृदयले जुन प्रस्ताव नेपालसमक्ष राखेको छ, त्यसलाई अबिलम्ब ग्रहण गर्नुपर्दछ र नेपाली जनताको जीवनरक्षा गर्नुपर्दछ ।
विगतमा पनि तत्कालीन सोभियत संघले नेपाललाई आधारभूत संरचना विकासका लागि सहयोग प्रदान गर्दै आएको थियो । पूर्व–पश्चिम राजमार्गको १०६ किमी लामो पथलैया–ढल्केबर निर्माणमा रुसले सहयोग गरेको थियो । यसले नेपालको पूर्वाधार विकासमा ठूलो योगदान पु¥याएको छ । वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना र वीरगञ्ज कृषि औजार कारखानाको स्थापनाले आर्थिक समृद्धिमा ठूलो योगदान पु¥याएको थियो । जसले त्यतिबेलै नेपाललाई चुरोट, चिनी र कृषि औजारमा आत्मनिर्भर बनाएको थियो । तराईको समृद्धिमा यी उद्योग, कलकारखानाको अत्यन्त ठूलो महत्व थियो । त्यहाँका हजारौं युवाले रोजगार पाएका थिए । आज ती युवाका सन्तान रोजगारीका लागि खाडी जानुपर्ने बाध्यता छ । रुसी सरकार र जनताको यस योगदानलाई हामी बिर्सन सक्दैनौं । तर त्यस सहयोगलाई हामीले सही सदुपयोग गर्न सकेनौं । २०४६ सालको जनआन्दोलनपछिको नेपाली कांग्रेसको सरकारले ती उद्योग धराशायी बनायो । यो दुर्भाग्यपूर्ण कुरा हो । अहिले पथलैया–ढल्केबर राजमार्ग मात्र चालु हालतमा छ । त्यही राजमार्गले गर्दा पूर्वी नेपाल काठमाडौँसँग जोडिन सम्भव भएको हो । त्यतिबेला पनि रूसी हवाईसेवा एरोफ्लोटको मस्को–काठमाडौं नियमित उडान थियो ।
अहिले नेपाललगायत विश्व कोभिड–१९ ले भयाक्रान्त छ । यो लेख तयार पार्दासम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा करिब ८ लाख ४ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् भने, २ करोड ३१ लाख ५० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा यसबाट लगभग ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १३७ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
योभन्दा अघि यस्तै किसिमको महामारी स्पेनिस फ्लूले सन् १९१८ मा विश्वका पाँच करोडभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । अहिले आएर विश्वले ज्ञान–विज्ञानको क्षेत्रमा धेरै प्रगति गरिसकेको हुनाले छिट्टै नियन्त्रणमा आउने आशा गर्न सकिन्छ । सम्पूर्ण विश्व र नेपालको यस्तो भयावह अवस्थामा नेपालको पुरानो मित्र देश रूसले आफूले विकसित गरेको पहिलो कोरोना खोप नेपाललाई उपलब्ध गराउनका लागि खुला हृदयले जुन प्रस्ताव नेपालसमक्ष राखेको छ, त्यसलाई अबिलम्ब ग्रहण गर्नुपर्दछ र नेपाली जनताको जीवनरक्षा गर्नुपर्दछ ।
रूस समाजवादी मुलुक भएको हुनाले अमेरिका, बेलायत र युरोपीय मुलुकहरूले यस खोपको विश्वसनीयतामाथि प्रश्न उठाइराखेका छन् । यसको जवाफ राष्ट्रपति पुटिनले यस खोपको पहिलो डोज आफ्नी छोरीलाई दिएर विश्वलाई जवाफ दिएका छन् । पश्चिमा राष्ट्रहरु ज्ञान–विज्ञानमा आफ्नो प्रभुत्व रहेको ठान्दछन् । त्यसकारण रूसी आविष्कारलाई लिएर अनेक प्रश्न उठाउँछन् । जहाँसम्म विश्व स्वास्थ्य संगठनको मान्यताको प्रश्न छ, विश्व स्वास्थ्य संगठनले मान्यता नदिएता पनि कोरोनाका गम्भीर बिरामीहरुलाई नेपाललगायत विश्वभर नै रेमिडिसीभिएर र प्लाज्मा दिइनै राखिएको छ । र त्यसले बिरामी निको पनि भएका छन् । त्यसकारण रूसी खोपको आलोचना मानवताका लागि नभएर प्रभुत्वका लागि हो ।
अमेरिका, चीन, बेलायत र भारतका प्रयोगशालाहरुमा तयार भइराखेको भनिएको खोप बजारमा सन् २०२१ भन्दा पहिले आउने सम्भावना छैन । भारतलगायत विश्वका कैयौं औषधि निर्माता कम्पनी यो रूसी खोपलाई चाँडोभन्दा चाँडो आफ्नो देश भित्र्याउन लागिपरेका छन् । यस कारण नेपालले यसखोपलाई आफ्नो देश भित्र्याई आफ्ना नागरिकको जीवनरक्षा गर्न ढिलो गर्नु हुँदैन ।
Twitter:@rmshghimire











