Logo
Logo

तत्काल मन्त्रीमण्डल हेरफेर हुँदैन : प्रकाशमान सिंह


567
Shares

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: parkeshman-singh.gif

नेपाल महिला सङ्घका संस्थापक मंगलादेवी सिंहको २९ औँ स्मृति दिवसका अवसरमा मङ्गलवार काठमाडौँको शोभाभगवती रहेको शालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रीमण्डल हेरफेरका चर्चा चलेपनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरू हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका हुन् । 

उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पूरै अवधि यही सरकार चल्ने दाबी गरे । 

मुलुकमा स्थायित्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको उनले बताए । सिंहले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमशः कार्यान्वयन गर्दै लैजाने जिकिर गरे । 

उनले मंगलादेवी लगायतका अग्रजहरूले गरेको त्यागका कारण अहिले महिला अधिकार स्थापित हुँदै गएको बताए । 

प्रतिक्रिया दिनुहोस्