Logo
Logo

वीरगञ्जमा हैजा संक्रमितको संख्या १०० नाघ्यो


315
Shares

काठमाडौं । वीरगञ्जमा हैजा संक्रमितको संख्या एक सय नाघेको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा संक्रमितको संख्या ११४ पुगेको छ । तथ्यांक अनुसार आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १६९ जना झाडापखला र हैजाका बिरामी उपचाररत छन् ।

शुक्रबार यता विभिन्न अस्पतालमा ३९० जना झाडापखला र हैजाका बिरामी भर्ना भएका थिए । जसमध्ये १८४ जना झाडापखला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएका छन् ।

वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा २०६ जना झाडापखला र हैजाका बिरामी उपचाररत रहेको महाशाखाले जनाएको छ । अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनल मेडिकल कलेजमा १५ जना झाडापखलाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।

यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजिमा गरिएको आरडीटी परीक्षणमा समान ३/३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसैगरी अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा गरिएको परीक्षणमा समान २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी सेन्ट्रल हस्पिटल, नेपाल इन्डो हस्पिटल, नीलकण्ठ हस्पिटल, नेपाल मेडिसिटी वयोद्या हस्पिटल र सर्वोत्तम हस्पिटलमा गरिएको आरडीटी परीक्षणमा समान १/१ जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका बिरामीका नमुनाहरूमा हैजा पुष्टि भएको छ । प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भोलि आउनेछ ।

प्रतिक्रिया दिनुहोस्