काठमाडौँ । नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित हुँदै साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।
बङ्गलादेशका लागि सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दै तीन गोल गरिन् भने थुनुए मार्माले एक गोल थपिन्। नेपालका लागि कप्तान भूमिका बुढाथोकीले पहिलो हाफको इन्जुरी समयमा एकमात्र सान्त्वना गोल फर्काइन्।
खेलको ३८औँ मिनेटमा थुनुएले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्। त्यसपछि ४४औँ, ७१औँ र ८६औँ मिनेटमा प्रीतिले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
नेपालले प्रतियोगितामा चार खेल खेल्दा भारतसँग ८–० को हार, भुटानसँग २–१ को जित, र दुई खेलमा बङ्गलादेशसँग हार बेहोरेर केवल ३ अङ्क मात्रै जोड्न सक्यो। यससँगै नेपाल उपाधि दौडबाट बाहिरिएको हो।














