Logo
Logo

अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि


504
Shares

चितवन । चाडपर्व नजिकिँदै अण्डाको माग बढेपछि उत्पादन घटेको कारण मूल्यमा वृद्धि भएको छ।

नेपाल अण्डा उत्पादक सङ्घले ठूलो अण्डाको समर्थन मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० तोकेको छ। खुद्रा मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ।

हाल औसत लागत मूल्य रु १६.५६ रहेकोमा किसानले ठूलो अण्डाको प्रतिगोटा रु १८.१६ पाउने भएका छन्। लामो समयपछि लागतभन्दा माथिको मूल्य पाउँदा किसानले राहत महसुस गरिरहेका छन्।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार साउन महिनामासमेत माग घट्न नसकेको र मूल्य अझै बढ्न सक्ने संकेत छन्। हाल दैनिक अण्डा उत्पादन ४० लाखबाट घटेर २२ लाखमा सीमित भएको पूर्व अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्