
बाल्यकालमा फुटबल खेल्दा धेरैले उनको खुट्टा तान्ने प्रयास गरे । ‘छोरी मान्छे पुरुषजस्तो होइन, छोरी नै भएर बस्नुपर्छ, धेरै हिँड्नु हुँदैन, शरीर छोपेर बस्नुपर्छ’ भन्थे । उनलाई यस्तो कुराले उनको मनमा निकै गहिरो छाप प¥यो र उनले अठोट गरिन र फुटबल खेल्न छाड्निनँ । उनलाई परिवारको पनि साथ थियो । जसका कारण उनी अर्थात सिमरन राई आज राष्ट्रिय फुटबल खेलाडी बन्न सफल भएकी छिन् । उनले दर्जनौँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन् । उनी हाल संकटा क्लबसँग आवद्ध छिन् । झापा लक्ष्मीपुरमा जन्मिएकी २३ वर्षीया फुटबल खेलाडी सिमरन राईसँग रेजिना पाण्डेको जम्काभेट ।
फुटबल नै खेल्नुपर्छ भन्ने सोच कसरी आयो ?
म सानो हुँदा भाइहरूसँग दौडने, खेल्ने गर्थेँ । उनीहरूले फुटबल खेलेको देख्दा मलाई पनि खेलुखेलुु लाग्थ्यो । केटा साथीभाइले फुटबल खेलेको देखेर म निकै हौसिन्थेँ । उनीहरूसँग खेल्न जान्थेँ । म पनि यिनीहरू जस्तै फुटबल खेल्न सक्छु र राम्रो फुटबल खेलाडी बन्छु भन्ने मनमनै सोच्थेँ । यही रुचि र सोचले गर्दा मैले विद्यालयमा फुटबल खेल्ने अवसर पाएँ । खेल्दै जाँदा विजेता पनि हुँदै गएँ । यसरी नै मैले फुटबल सुरु गरे । आजसम्म आइपुग्दा दर्जनौँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छु ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
व्यस्त नै छु । च्याम्पियन टुर्नामेन्ट आगामी फागुनमा उदयपुरमा हुँदै छ । त्यसको लागि तयारी गर्दैछु । अरू गेम पनि हुँदैछन् । त्यसको पनि तयारीमा छु ।
फुटबल खेल्दा कतिको कुरा काटे ?
धेरैले कुरा काटे विगतमा । समाजलाई मैले फुटबल खेलेको मन पर्दैन थियो । म छोरी मान्छेले छोरा सरर भएर खेल्न उफ्रन हुँदैन रे ! तिम्रो छोरी अब बिग्रिइ भनेर नानाथरी कुरा गर्न थालेपछि मैलै गेमलाई बिचमा छाडेको थिएँ । पछि ममीले समाजले जे भने पनि भनोस्, तिमीलाई मन परेको काम गर्, भन्दै हौसला दिनुभयो । घर परिवारले सम्झाउन थालेपछि मैले गेमलाई निरन्तता दिएको हँु । आज मेरो परिवार र देशलाई चिनाउन पाउदा खुसी छु ।
हिजोको दिनमा कुरा काट्ने समाजले आज के भन्छ ?
खुसी भए जस्तै गर्छन्, अगाडि मुसँुक्क हाँस्छन् । ए तिमीले त राम्रै गरिरहेकी छौँ भन्छन्, अझै राम्रो गर भन्छन् नि ।
छोरी मान्छेलाई हेर्ने सोच अझै परिवर्तन भइसकेको छैन भन्ने हो ?
हो, छोरीहरूले गरेको काममा धेरैले अहिले पनि विवाद गर्छन । तिमी छोरी हौँ, तिमीले यो गर्नुहुँदैन् भन्दै बन्देज लगाउन खोज्छ समाजले । छोरी घरमै बस्नुपर्छ, घरकै गहना हो भन्ने सोच अझै छ ।
परिवारले सपोर्ट नगरेको भए तपाईंले पुनः गेम सुरुवात गर्न सक्नुहुन्थ्यो त ?
परिवारको सपोर्ट नभएको भए, म आज गेममा हुँदिनथिएँ । परिवारको साथविना केही हुँदैन भन्ने मलाई थाहा छ । त्यसमाथि फुटबल खेल्न सानो मिहेनतले हुँदैन । यसको लागि धेरै लगानी गर्नुपर्छ, मिहेनत चाहिन्छ ।
आज परिवारको साथले गर्दा राष्ट्रिय खेलाडी हुने मौका पाउनुभएकोमा कस्तो लाग्छ ?
धेरै खुसी लाग्छ, ममी, बाबाको माया र पे्ररणाले आज म राष्ट्रिय खेलाडी हुने अवसर पाएको छु । ममी, बाबालाई उच्चसम्मान दिन चाहन्छु । धेरै राम्रो गेम खेलेर उहाँहरूलाई गर्व गराउन चाहन्छु । यदि, मेरो चाहानालाई मारेर उहाँहरूले समाजको कुरा सुन्नुभएको भए आज म यो स्थानमा हुने थिइनँ ।
तपाईंको ममीबाबा के गर्नुहुन्छ ?
हामी सामान्य किसान परिवारको भएकाले खेतीपाती नै हाम्रो आयस्रोत हो । ममीबबा खेतीपाती नै गर्नुहुन्छ ।
अहिलेसम्म कति गेम खेल्नु भयो ?
अण्डर १५, १७, १९ देखि अन्डर २२ सम्म नेशनल साफ गेम खेलिसकेँ । राष्ट्रिय गेमहरू दर्जनौँ खेलिसकेँ । अन्तर्राष्ट्रिय गेम पनि आधा दर्जनभन्दा बढी खेलिसकेँ । बंगलादेश, भुटान, जोर्डनजस्ता देशहरूमा गेम खेल्ने अवसर पाएँ । पदकहरू पनि पाएँ ।
तपाईंले खेलेका मध्ये बिर्सनै नसकिने खेल कुन हो ?
अण्डर २० को फाइनल गेम बंगलादेशमा भएको थियो । मलाई रेडकार्ड देखाइएको कारण मैले उक्त खेल खेल्न पाइनँ । हामी खेलाडीबिच झगडा भएको थियो । यो विषय निकै भाइरल भएको थियो ।
तपाईंको लागि फुटबल के हो ?
म बल हेरेर सपना देख्छु । बलमा नै रमाउछु, फुटबल मेरो भविष्य हो । जहाँ मैले धेरै लामो यात्रा तय गर्नुछ । फुटबलबाटै देशलाई चिनाउनु छ ।
फुटबल खेल्न के चाहिन्छ ?
सबैभन्दा पहिले शरीर स्वस्थ हुनुपर्छ । खानपान राम्रो चाहिन्छ । धैर्य र लगनशील हुनुपर्छ । खेल नै मेरो पहिलो प्राथमिकता हो भन्ने बुझ्नुपर्छ र सोहीअनुसार खेल्नुपर्छ ।
नेपालमा फुटबल खेलको अवस्था कस्तो छ ?
साँच्चै भन्ने हो भने, खेलाडी देशको गहना भन्छन्, नाम कमाउछन्, तर खेलाडीको अवस्था नाजुक नै छ । खेलाडी आफैले सबै गर्नुपर्छ । खानपानदेखि व्यायामसम्मका खर्च खेलाडीकै हुन्छ । राज्यले खेलाडीलाई खासै व्यवस्था गर्न सकेको छैन ।
भविष्यमा के योजना बनाउनु भएको छ ?
भर्खर २३ वर्षको भएँ । अहिले गेममा नै रमाइरहेको छु । राम्रो खेलेर देशलाई विश्वमै चिनाउने ठुलो धोको छ । विश्वका सिनियरहरूसँग पनि फुटबल खेल्ने रहर छ ।












