Logo
Logo

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी बनिन् एक दिनको मुख्यमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ । भारतको उत्तराखण्डमा एक १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्दैछिन् ।
हिन्दी फिल्म ‘नायक’ हेरेकाले अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको जस्तै कुनै एक फिल्मको कथा होला भनेर अनुमान गर्न सक्छन् । तर, ति किशोरी भने साच्चिकै मुख्यमन्त्री बन्न लागेकी हुन ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै १ दिनको लागी मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगका अध्यक्ष उषा नेगीले जानकारी दिएका छन् ।

एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु रहेको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगी बताउँछन् ।


उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल छन् । सामाजिक सन्जालमा सृष्टिले भनेकी छिन्– ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु । बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’

सृष्टि प्रतिकात्मक रुपमा मुख्यमन्त्री बन्न लागेकी हुन । तर, प्रतिकात्मक नै भए पनि उत्तराखण्डको पहिलो मुख्यमन्त्री महिलाको रुपमा इतिहास रच्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्