Logo
Logo

पोखरामा गोली चल्यो, एक जना घाइते


- दृष्टि संवाददाता


पोखरा, २४ माघ । पोखरा महानगरपालिका–१४ मा हिजो साँझ गोली चल्दा एक जना घाइते भएका छन् । महतगौंडामा अज्ञात व्यक्तिको गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् ।

विजुली सम्बन्धी काम गर्ने विक पर्वत स्थायी घर भएका हुन् । घटनास्थलमा प्रहरीले सुरक्षा कडा पारेको छ भने पोखराबाट बाहिर निस्किने नाकाहरुमा सुरक्षा जाँच बढाइएको छ ।

के कति कारणले गोली चलाइएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुसन्धान जारी रहेको जानकारी दिए । घाइते विकको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्