Logo
Logo

चिनियाँ दुतावासले भन्याे चिनियाँ खोप लगाएकालाई मात्र भ्रमण अनुमति


दृष्टि संवाददाता


काठमाडाैं । चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरूलाई मात्र भिसा दिने भएको छ । काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै भिसा आबेदन गर्दा चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सूचित गरिएको हो ।

दुतावासले जारी गरेको बिज्ञप्तिमा ‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ’ भनिएको छ ।

चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने भनिएको सिनोफार्मको खोप हाल सम्म नेपाल आएको छैन । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय गरे पनि खोप कहिले सम्म आईपुग्छ भन्ने टुङ्गो लागेको छैन ।

हेर्नुहाेस् दूतावासले जारी गरेकाे सूचना :

प्रतिक्रिया दिनुहोस्