Logo
Logo

सिन्धुलीमा जीप दुर्घटना : चार जनाको मृत्यु, सात घाइते


दृष्टि संवाददाता


सिन्धुली । सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ४ बजे सिन्धुली बजारबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी जाँदै गरेको बा १७ च १११७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डिएसपी) मनोजकुमार लामाका अनुसार दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् । जीप अन्दाजी ५०-६० फिट तल खसेको डिएसपी लामाले बताए। जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बाँकटेरी बस्ने १८ वर्षीया रिता एस्नाली, १९ वर्षीया दुर्गा श्रेष्ठ, उनका दुई वर्षीय छोरा मनिष श्रेष्ठ र ६०-६५ वर्षीया रूद्रबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, जीप चालक अन्दाजी ३८ वर्षीय भोजराजविक्रम थापा गम्भीर घाइते भएको डिएसपी लामाले बताए । उनको थप उपचारको लागि काठमाडौंमा रिफर गरिएको छ।

अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । जसमध्ये पाँच जना मध्यम घाइते र अन्य दुई जना सामान्य नै रहेको डिएसपी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्