Logo
Logo

ओ‌लीका ‘साइबर स्यालहरू’ ज्युँदै रहेछन् : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालहरुले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् ।

उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन् । यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।’

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन् । ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए। म आफैँ पनि हेरेँ के पो आएछ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ।’

उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे। पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको लडाइँ नभएको उनले बताए ।

यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्