Logo
Logo

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमालेद्वारा फिर्ता


दृष्टि संवाददाता


सुर्खेत । नेकपा (एमाले)ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार वीरेन्द्रनगरमा बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ आज आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’

एमाले १० सांसदको उपस्थितिमा बसेको दलको वैठकले उक्त निर्णय हाे । आजको संसदीय दलको वैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पष्टीकरण सोधिने कँडेलले बताए ।

नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो ।

उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्