Logo
Logo

एमाले संसदीय बैठकको निर्णय : गुटको भेला गर्नेलाई कारबाही


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।
बिहीबार बालुवाटारमा बसेको संसदीय बैठकले पार्टीबाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।
तर, दलको बैठकको निर्णय नमानेहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टी निर्णय नमानेमा विधानअनुसार, स्पष्टिकरण र कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
आज बसेको संसदीय बैठकमा नेता माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले बहिस्कार गरेका थिए ।
तर, ओली पक्षका नेता महेश बस्नेतले भने बैठकमा माधव नेपाल समूहका सांसदहरु लालबाबू पण्डित, तुलसी थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको दावी गरेका छन् । केही नेता भने बाटोबाटै फर्किएका थिए । माधव–झलनाथ पक्षको बुधबारदेखि ललितपुरको सानेपामा भेला भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्