Logo
Logo

ब्युँतियो वाईसीएल, जेठ २८–३० मा राष्ट्रिय भेला


दृष्टि संवाददाता


 

काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरी नेकपा माओवादी केन्द्र ब्युँताएसँगै भातृ संगठनहरु ब्युँतिएका छन् ।

माओवादी केन्द्रको युवा संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल)ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।

संगठनलाई चलायमान गराउनका भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटी देखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्