Logo
Logo
माधवपक्षीय भेलाको १७ बुँदे प्रस्तावः

एमाले र माओवादी ब्युँताउने फैसलाप्रति असहमति, देशभरका पार्टी कमिटी ब्युँताउने घाेषणा


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौंमा सम्पन्न नेकपा एमालेको माधव नेपालपक्षीय भेलाले सर्वोच्च अदालते गरेकाे जेठ २ गतेको फैसलाप्रति असहमति प्रकट गरेको छ ।

दुई दिन चलेको भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै भेलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने अदालतको फैसलाप्रति असहमति जनाएको हो ।

अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । सोही भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ । यस्तै, भेलाले पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।

यि बाहेक पारित बुँदामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्