Logo
Logo

प्रतिनिधिसभा बैठकमा धेरै अनुपस्थित हुने सांसदको नाम सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा बैठकमा धेरै अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरिएको छ । शुक्रबार बसेको बैठकमा अनुपस्थित भएका सांसदहरुको नाम सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् ।
जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्