Logo
Logo

खरेल जानेवित्तिकै महान्यायाधिवक्तामा बडाललाई सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।
अग्नि खरेलले शुक्रबार नै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै बडाललाई नियुक्ति लागि सिफारिस गरिएको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्