Logo
Logo

एमालेको समानान्तर गतिविधिबारे जानकारी छैन : सुवास नेम्वाङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमालेले सवैपक्षलाई समेटेर अघि बढ्ने भन्दै समानान्तर गतिविधिका बारेमा जानकारी नभएको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता नेम्वाङले पार्टी बिधि पद्धतीमा विश्वास गर्ने भएकाले समानान्तर गतिविधिका बारेमा जानकारी नभएको बताएका हुन् ।

उनले पार्टी बिधि बिधान बमोजिम अघि बढ्ने स्पष्ट पार्दै कमि कमजोरी भए सच्चाएर अघि बढ्नुपर्ने तर्क गरे । उनले सरकार संविधान बमोजिम अघि बढ्ने उल्लेख गरे । उनले पार्टी बिभाजन पछि अर्को पार्टीले विश्वासका मत फिर्ता नलिएको अवस्थमा सरकार यहि गतिमा अघि बढ्ने स्पष्ट समेत पारे ।

प्रतिक्रिया दिनुहोस्