Logo
Logo

जसले ओलीविरुद्ध कर्णालीबाट विद्रोह गरे


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।प्रदेश सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीलाई मत दिएका हुन् ।

विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक थियो । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

प्रतिक्रिया दिनुहोस्