Logo
Logo

दीपाको माधुर्य स्वरमा ‘आगो पिएर बाँच्ने…’ (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । एक समय चर्चामा आएको सेन्टिमेन्टल गीत ‘आगो पिएर बाँच्ने, विवस मेरो कथा छ’को नयाँ कभर सङ सार्वजनिक भएको छ ।
गायक लक्ष्मीसृजन बजगाइँले गाएको यो गीत फिमेल भर्सनमा गायिका दीपा सुहाङले निकै माधुर्य स्वरमा गाएकी छन् ।

यसअघि यस गीतलाई मेल भर्सनमा गायक प्रशान्त तामाङले गाएका थिए । पाँचथरमा जन्मिएकी दीपा पछिल्लो केही वर्षयता संगीतलाई माध्यम बनाएर काठमाडौं संघर्षत छिन् । उनले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।

यस गीतमा जीवनाथ धमलाको शब्द र संगीत नारायण रायमाझीको रहेको छ । एरेञ्ज मनोज खड्का र मिक्सिङ श्यामश्वेत रसाइँलीको रहेको यस गीतको भिडियोलाई रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्