Logo
Logo

बालुवाटारमा सर्वदलीय बैठक : को गए, को गएनन ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ढिलोगरी बैठकमा पुगेको बताइएको छ । बैठकमा देउवालगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी छन् । शनिबार बिहान १० बजेसम्म कांग्रेसले सर्वदलीय बैठकमा सहभागी हुने कि नहुने भन्ने दोधारमा थियो ।

बैठकमा जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी छन् । राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाललगायतका नेताहरु सहभागीको रहेको एक नेताले बताए ।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदमलगायतका विषयमा छलफल हुने बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी भएका छैनन् । जसपाका अध्यक्षहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्