Logo
Logo
सर्वदलीय बैठक

एमसीसी पेश गर्न नदिएको भन्दै प्रधानमन्त्री ओक्रोशित


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी ओलीको तार्गेटमा सभामुख अग्नि सापकोटा परेका छन् । शनिबार बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि आक्रोश पोख्दै काम गर्न नदिएको आरोप लगाए ।

बैठकको सुरुमै बोलेका प्रधानमन्त्री ओलीले सभामुख अराजक, अनैतिक र असंवैधानिक भएको आरोप लगाउँदै काम गर्न नदिएको बताएको राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए । बैठकमा सहभागी भएर बाहिरिएपछि लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने, ‘मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले आक्रोश पोख्नुभयो ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांगेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने प्रसंग उठाएका थिए ।

त्यस्तै, ओली आफू कोरोना नियन्त्रणका लागि प्रयासरत रहेको बताउँदै नेताहरुसँग सुझाव मागेको बताइएको छ । नेता लोहनीले आफूले सरकालाई कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन, भ्याक्सिन पर्याप्त ल्याउन, जनतालाई औषधी उपचारको व्यवस्था गर्ने, अस्पतालहरूमा उपकरण उपलब्ध गराउनेलगायत विषयमा सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्