बाकसमा आए २४ नेपाली « Drishti News – Nepalese News Portal
Logo

बाकसमा आए २४ नेपाली


दृष्टि संवाददाता


काठमाडौं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन रु रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् ।
पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र०७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले दैनिक मृत्यु हुनेको सङ्ख्या औसत तीन जना हुन आउँछ । जब कि अघिल्लो आर्थिक वर्षमा ६७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार पछिल्लो एक दशकमा १० हजार लगभगले विदेशमा ज्यान गुमाएका छन् । आव २०७७÷०७८ सम्म नौ हजार ४२४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्क श्रम स्वीकृति लिई करार अवधिभित्रै मृत्यु भएका श्रमिकको हो । श्रम स्वीकृति नलिई गएका, ओभरस्टे बसेका, कम्पनी छाडेर भागेका, अलेखबद्ध श्रमिक पनि मृत्यु हुने गरेको छ तर त्यस्ताको तथ्याङ्क बोर्डसँग छैन । विदेशबाट पोस्टमार्टम नगरी शव पठाउने हुनाले मृत्युबारे पहिचान नै हुने गरेको छैन । मृत्युका कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोलगायतका कारण लेखेर शव पठाउने गरिन्छ ।

यसबाहेक हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकले ज्यान गुमाइरहेका छन् । श्रमविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका आफ्ना नागरिकको वास्तविक पहिचान हुन नसक्नु हाम्रै राज्यको कमजोरी हो भन्नुभयो । ‘‘पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको भन्दै डा। गुरुङले भन्नुभयो, ‘‘विदेशमा मृत्यु हुनेको शव ल्याउनुपहिले पोस्टमार्टम गर्न सकेमात्रै पनि मृत्युको वास्तविक तथ्य पत्ता लाग्छ । यसको व्यवस्था राज्यले गर्नुपर्छ तर गर्न सकेको छैन ।’’

त्यसो त सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीमा हुने मृत्युका कारण खोज्न आदेश दिएको थियो । तर, अहिलेसम्म पनि सरकारले त्यसतर्फ चासो देखाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा २०७४ सालमा कार्यदल गठन गरिए पनि त्यसले निष्कर्ष निकाल्न उक्त कार्यदलले मलेसियामा अध्ययन गरेको थियो ।

खाडी मुलुकमा मृत्युको वास्तविक कारण खोजिएको छैन । सर्वोच्चले श्रम गन्तव्य मुलुकमा हुने मृत्युका कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउन आदेश दिएको थियो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्