आर्यन पक्राउ परेपछि साहरुख खान तानावमा, साथ दिन सलमान पुगे मन्नत « Drishti News – Nepalese News Portal
Logo

आर्यन पक्राउ परेपछि साहरुख खान तानावमा, साथ दिन सलमान पुगे मन्नत


दृष्टि संवाददाता


काठमाडौं । बलिउडका नायक साहरुख खानका परिवार तनावमा छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ ।

यसैविच, साहरुखको परिवारलाई साथ दिन नायक सलमान खान मध्यरातमा मन्नत पुगेका छन् । सलमान आइतबार राती मन्नत पुगेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । ‘बीग बोस’को छायांकनमा व्यस्त सलमान साहरुखलाई भेट्न मन्नत पुगका हुन् ।

आर्यनको आइतबार मेडिकल जाँच गरेपछि अदालतमा उपस्थित गराइएको थियो । अदालतले आर्यन लगायत पक्राउ परेका ८ जनालाई १ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्