Logo
Logo

‘जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजे’



काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको बताएका छन् ।

एशोसिएसनका महासचिव पौडेलले धर्नालाई सम्बोधन गर्दै आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गरेका हुन् । उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने पनि बताए ।

अहिले कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँ भएको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुको भनाई छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्