Logo
Logo

हिरासतमै भोकहडताल गरेकी पूर्वसभासद गायत्री साह अस्वस्थ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २८ वैशाख ।

बच्चालाई बेवारिसे अवस्थामा छोडेको आरोपमा पक्राउ परेकी पूर्व सांसद गायत्री साह र उनका पति राजेश महतोको स्वास्थ्यमा खराबी आएपछि पाटन अस्पताल भर्ना गरिएको छ।

पक्राउ परेपछि ६ दिनदेखि हिरासतमै अनसन बसेका गायत्री साह र उनका पतिको स्वास्थ्यमा खराबी आएपछि आज पाटन अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। रि‌गटा लाग्ने र बेहोस हुने समस्या भएपछि उनीहरुलाई अस्पताल लगिएको हो।

गत आइतबार दिउँसो ललितपुरको मेडिसीटी अस्पतालबाट पक्राउ परेकी साहले हिरासतमै भोक हड्ताल थालेकी थिइन् । नवजात शिशुलाई अस्पतालमा छाडेको भन्दै प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको थियो ।

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो। पक्राउ परेका साह दम्पत्तीलाई प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। साहलाई अस्पतालको आकश्मिक कक्षमा राखेर उपचार थालिएको छ। गत आइतबार पक्राउ परेकी साहलाई महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्