Logo
Logo

गुठी विधेयक फिर्ता कि खारेज ?


माथवरसिंह बस्नेत


माथवरसिंह बस्नेत

कार्ल माक्र्सले सोझो र प्रष्ट भाषामा भनेका थिए– कम्युनिष्टले चुनाव लडेर सत्ता प्राप्त गर्ने होइन, बलपूर्वक कब्जा गर्ने हो । किन उनले त्यसो भनेका रहेछन् भन्ने गुणार्थ नेपालका कम्युनिष्टले बल्ल बुझ्न थालेका छन्, त्यो पनि गुठीका बहानामा जनताले कम्युनिष्ट सरकारविरुद्ध माइतीघरबाट चुनौती दिनथालेको देखेपछि । गुठी व्यवस्थालाई धेरैले समग्रतामा आकलन नगरेर अन्धाले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै गरी कत्तिले लिच्छवीकालदेखि चलिआएको भनेका छन् । कतिले नेवारी संस्कृतिसँग मात्र जोडेर त्यसको विरोधको राष्ट्रव्यापी प्रभाव नपर्ने तर्क दिएका छन् । त्यसले विषयको गम्भीरतालाई हलुका तुल्याउने प्रयास मात्र भएको छ । समाधानको दिशाबोध गराउन सकेको छैन । यथार्थमा गुठी, नेवारी सभ्यताको अत्यन्त महत्वपूर्ण पक्ष हो, जसले त्यो सभ्यतालाई लोप हुनबाट जोगाएको छ । यद्यपि, यो पृथ्वीमा जति सभ्यता जन्मेर विकसित र विस्तारित भएका छन्, तीमध्ये धेरैजसो समयको अन्तरालमा लोप पनि भएका छन्, तथापि, नेवारी सभ्यता र संस्कृतिभित्रको एडप्टेविलिटी तथा एकोमोडेटिभ एप्रोचका कारण सबैखाले प्रतिकूलताको सामना गरेर आजको स्थान र स्थितिमा आइपुगेको छ । अहिले त्यसैलाई जरैदेखि उखेलेर प्रतिस्थापन गराउन सरकार कटिवद्ध भएर लागेकाले त्यसका विरोधमा प्रचण्ड लहर पैदा भएको हो ।

माथवरसिंह बस्नेत

कम्युनिष्ट घोषणापत्र लेख्दा, शोषक र शामन्तका सम्पत्तिका अतिरिक्त चर्चको सम्पत्तिमाथि पनि जनताको स्वामित्व कायम गर्न ती सबैको राष्ट्रियकरण गर्नुपर्छ भन्ने दलिल कार्ल माक्र्सले पेश गरेका छन् । कम्युनिष्ट सरकारले गुठी प्रथाको उन्मूलन गर्ने र तिनको सम्पत्तिको राष्ट्रियकरण गरेर सरकारको मातहतमा ल्याउनु पर्ने घोषणापत्रमा उल्लेख भएकाले वर्तमान सरकारले त्यसको अनुसरण मात्र गर्न खोजेको हो । गुठी एकीकरण विधेयकको मर्म र भावना त्यसरी बुझिदिनु पर्नेमा विरोधी दल, संचारका माध्यम र नागरिक समाजका सदस्यहरुले गलत प्रचार अभियान चलाएर अबोध जनतालाई गुमराह गर्ने खोजेकाले अहिलेलाई राष्ट्रियसभामा दर्ता भएको त्यो विधेयक सरकारले फिर्ता लिएको घोषणा गरेको छ । त्यसको माने भयो त्यो फिर्ता मात्र भएको हो, खारेज भएको छैन ।

सर्भाइवल अफ दि फिटेसको थ्योरी अनुसार विभिन्न कालखण्डका उतारचढावका बावजूद विद्यमान कालमा जति सभ्यताका जाति प्रजाति अस्तित्वमा छन् र उन्नत भएर फैलिन सकेका छन्, ती सबैमा आफ्नो समाजलाई जोडिराख्ने रसायन अथवा कनेक्टिभिटी मौजुद थिए, जसलेगर्दा सभ्यतालाई पतन हुनबाट जोगाएका हुन् । त्यस्ता दुर्लभ सभ्यतामध्ये नेवारी सभ्यता पनि एक हो । जिवितं किन नदृष्यते ? अर्थात् बाँचेपछि जे पनि देख्न पाइन्छ । संस्कृतको त्यो कालजयी श्लोकले कति गहिरो सन्देश सम्प्रेषित गरेको छ, त्यसमाथि थप प्रकाश पारिरहन आवश्यक पर्दैन । पूर्वीय सभ्यता, जस अन्तर्गत हाम्रो सभ्यता पनि पर्दछ, त्यसले बसुधैव कुटुम्वकम् को उदात्त भावनालाई अभिव्यक्त गरेको छ । व्यवहारमा त्यो आदर्श कति लागू भएको छ, त्यो बेग्लै पक्ष हो । तर त्यसले जुन मूल्य र मान्यतालाई अंगालेको छ, त्यसले हाम्रो सभ्यतालाई अघि बढ्न चाहिने जीवन तत्व निरन्तर प्रदान गरिरहेको छ । त्यो सत्यलाई कसैले इन्कार गर्न सक्तैन । वास्तवमा सभ्यताको ताकत अथवा शक्ति भनेकै त्यसका अनुयायीलाई उर्जा प्रदान गर्ने सामथ्र्य हो । त्यसको अभावमा कुनै पनि सभ्यता टिक्न सक्तैनन् । टिकेका पनि छैनन् ।

अंग्रेजीको ट्रष्ट र ट्रष्टीसिप शब्दले जे अर्थ बोकेका छन्, नेपाली भाषाको गुठी शब्दले पनि त्यही अर्थबोध गराउँछन् । गुठीको अवधारणा र त्यसका पछाडिका मान्यताबाटै मन्दिर, मठ, चर्च र मस्जिदको सामाजिक स्वरुप विकास भएको हो । पशुपतिनाथ, विश्वनाथ र सोमनाथजस्ता पुराना मन्दिरका चल–अचल गरेर अकुत सम्पत्तिको जुन वर्णन हामी पढ्छौं, त्यसैबाट गुठीको विकास र विस्तार भएको मानिन्छ । त्यस्तै युरोपका रोमन क्याथलिक चर्चका अथाह सम्पत्तिसम्वन्धी अनेक कथा प्रचलित छन् । त्यसबाट पनि त्यही अर्थ लाग्छ र निष्कर्ष पनि गुठीको जे छ, तिनको पनि काटिकुटी त्यही छ । चर्च मात्र होइन, बौद्धमठ तथा मुस्लिमहरुका मस्जिदहरु गुठीबाट अथवा ट्रष्टबाट उठेका रकमबाटै धर्म प्रचारका खर्च धानिन्छ भन्ने सबैले बुझेका छन् । कम्युनिष्ट घोषणापत्र लेख्दा, शोषक र शामन्तका सम्पत्तिका अतिरिक्त चर्चको सम्पत्तिमाथि पनि जनताको स्वामित्व कायम गर्न ती सबैको राष्ट्रियकरण गर्नुपर्छ भन्ने दलिल कार्ल माक्र्सले पेश गरेका छन् । कम्युनिष्ट सरकारले गुठी प्रथाको उन्मूलन गर्ने र तिनको सम्पत्तिको राष्ट्रियकरण गरेर सरकारको मातहतमा ल्याउनु पर्ने घोषणापत्रमा उल्लेख भएकाले वर्तमान सरकारले त्यसको अनुसरण मात्र गर्न खोजेको हो । गुठी एकीकरण विधेयकको मर्म र भावना त्यसरी बुझिदिनु पर्नेमा विरोधी दल, संचारका माध्यम र नागरिक समाजका सदस्यहरुले गलत प्रचार अभियान चलाएर अबोध जनतालाई गुमराह गर्ने खोजेकाले अहिलेलाई राष्ट्रियसभामा दर्ता भएको त्यो विधेयक सरकारले फिर्ता लिएको घोषणा गरेको छ । त्यसको माने भयो त्यो फिर्ता मात्र भएको हो, खारेज भएको छैन ।

त्यसको अर्थ भयो, त्यो समस्या केही कालका निम्ति टरेको मात्र हो, समाधान भएको होइन, किनभने माक्र्सले स्पष्ट शब्दमा भनेका छन् कि कम्युनिष्टले राज्यसत्तामाथि कब्जा जमाएपछि त्यस्ता धार्मिक आवरणमा हुने चर्चको प्रत्यक्ष शोषणको अन्त्यका लागि कठोर कदम चाल्नैपर्छ । त्यसैलाई सत्तामा पुगेका उनका अनुयायीहरुले साँस्कृतिक क्रान्ति भन्ने गरेका छन् । नेपालको कम्युनिष्ट सरकारले पनि गुठीका जग्गा, गुठी संस्थानबाट प्राधिकरण भएपछि त्यसले अहिलेका मोहीबाट खोसेर अवैध कब्जा जमाएर बसेका सबैलाई मोही कायम गरेर साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने अभियान चलाएका हुन् । चीनमा माउत्से तुङको साँस्कृतिक क्रान्तिका बेला धर्मलाई अफिम मान्ने प्रवृत्ति प्रवल थियो । त्यो क्रान्तिको सन्देश तलसम्म पु¥याउने पार्टीको संगठनात्मक नेटवर्क तथा सरकारी प्रचार संयन्त्र त्यसका पक्षमा समर्पित भएर लागेका थिए । तैपनि त्यो क्रान्ति सफल भएको थिएन । नेपालमा चीनकोजस्तो क्रान्ति गरेर सत्तामा आएको कम्युनिष्ट पार्टी होइन, भारतकोजस्तो उतैबाट आएको बुर्जुवा लोकतन्त्रको वर्णशंकर सन्तान हो । त्यस्तो दारा र नङ्ग्रा नभएको सत्ताले बलात् साँस्कृतिक क्रान्ति लाद्न खोजेकाले सफल हुने संभावना थिएन । भएन पनि !

गुठीका बहानामा जुन तथ्य सबैभन्दा प्रखर रुपमा प्रकट भयो, त्यो हो– धर्मका प्रतिको नेपाली जनताको अविचलित आस्था र विश्वास । त्यो अचानक पैदा भएको भने होइन । उनीहरुमा त्यो निधि, प्रचूर मात्रामा थियो । बेजिङको जनवाद र दिल्लीको लोकतन्त्रको फ्युजनबाट नेपालमा भएको परिवर्तनको कोलाहलमा दबिएर त्यसले प्रकट हुने मौका पाएको थिएन । भारतमा भारतीय जनता पार्टीले हिन्दुत्वको नारामा दोहो¥याएर चुनाव जितेपछि नेपाली सनातन धर्मका अनुयायी पनि प्रेरित र उत्साहित भएका थिए । उनीहरुमा मधुरै भए पनि धर्मका प्रतिको आस्थाको दीयो निभेको थिएन । उनीहरुका मनमा त्यस्तो दीयो प्रज्वलित नै थियो । आक्रमक भएर प्रकट हुन मात्र सकेको थिएन । गुठी मासिन लाग्यो, त्यो भनेको धर्म मासिनु हो भन्ने गुहार सुन्नेवित्तिकै उनीहरु जसरी जर्मुराए, त्यसले परिआएका बेला उनीहरु धर्म जोगाउन जे पनि गर्न सक्छन् भन्ने स्पष्ट सन्देश संप्रेषित ग¥यो । त्यो पनि त्यस बेला, जब कि भारतीय चुनावको परिणामले नेपाली मन मष्तिष्कमा पारेको हलचलपूर्ण प्रभाव ताजै थियो । धर्म निरपेक्षताका नाममा धर्म परिवर्तनप्रति आँखा चिम्लिने क्रिस्तानहरुका दानापानीमा रमाउने नेताहरुका मनमा ढ्याङ्ग्रो बज्न थालेको छ कि अब कुनै पनि बेला धर्मयुद्धको आव्हान हुन असंभव छैन । भित्तामा लेखेका ढुंगाका अक्षर सत्ताधारी कम्युनिष्टले मात्र होइन, विरोधी दल– कांग्रेसले पनि राम्ररी पढे होलान् । किनभने अहिलेको चलनचल्तीका भाषामा भन्नुपर्दा सरोकारवाला भनेका उनीहरु नै हुन् । गुठी र धर्म जोगाउन नेवार समूदायका गुठियारहरुका होस्टेमा हैसेको नारा जसरी लाग्यो, त्यसैगरि हिन्दुराष्ट्रको पुनस्र्थापनाको आन्दोलन चल्यो भने त्यसले गुठी विरोधीलाई मात्र होइन, धेरैलाई ठेगान लगाउने छ । वर्षायाममा जब नदीमा उर्लेर बाढी आउँछ, जब त्यसले फोहोर मात्र बगाएर लैजाने होइन, बगर पनि बगाउँछ ।

गुठी प्रकरणले पैदा गरेको तरंगमा राजनीतिको निर्णायक भूमिका हुँदैनथ्यो भने सरकार पनि यत्ति चाँडै झुक्दैनथ्यो । तैपनि गुठियारहरु आफैंमा राजनीतिक दल होइनन्, भलै आस्था र विश्वासले कुनै दलसित सम्वद्ध होउन् । कम्युनिष्ट सरकारप्रति क्रुद्ध गुठियारहरुलाई ओत र आँट दिन कांग्रेसले सकेन भने उनीहरु अर्को विकल्प खोज्न वाध्य हुनेछन् । त्यो स्थिति रोक्न र यथास्थिति कायम राख्न कसले कस्तो पहल गर्लान्, त्यो देख्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्