Logo
Logo

 एआईजीलाई प्रदेश प्रहरी बनाउन पूर्व गृहमन्त्रीको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असार।
पूर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न त्यसमा नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने उनको भनाई छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्ने बताए । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको सुझाव छ ।
शर्मा गृहमन्त्री हुँदा २ वर्षअघि उनले प्रदेश प्रहरी प्रमुखमा एआईजी खटाएका थिए । उनीहरुलाई प्रदेश आईजिपी नै बनाउने तयारी गर्दा उनको पद गुमेको थियो ।
हाल डिआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्