Logo
Logo

शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री बन्नु भएको छैन : ओली


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताए । उनले एमालेले ५ वर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताए ।

उनले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो । उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भएको छैन । पार्टीभित्र जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्