
काठमाडौं । मंगलबार स्थगीत भएको माओवादी केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।
दिउँसो १ बजे बैंठक सुरु हुने माओवादीले जनाएको छ । आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ ।
पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै बैठकमा सदस्यहरूले दवाव दिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।
खुमलटास्थित प्रचण्ड निवासमा भएको पूर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनको जिम्मेवारी अध्यक्षलाई दिएको थियो ।
सोही अनुसार उनले आकांक्षीसँग छलफल गरेर आजको बैठकमा नाम प्रस्ताव गर्ने बताइएको छ ।











