Logo
Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको तयारी


4.8k
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शमार्मामाथी छानबिन गर्न संसदीय सानबिन समिति बनाउने तयारी गरेका छन् ।

मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको त्यससँग सम्बन्धित सिसिटिभी फुटेज डिलिट भएको विषयमा संदीय समिति गठन हुन लागेको हो ।

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मासहित माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । स्रोतका अनुसार उक्त छलफलमा प्रधानमन्त्री देउवाले शर्मालाई राजीनामा दिन आग्रह गरेका थिए । तर, शर्माले सो प्रस्ताव अस्वीकार गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा अर्थमन्त्री शर्माको राजीनामाको माग चर्को रूपमा उठाइरहेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पनि राजिनामा दिनुपर्ने बताइसकेका छन् ।

यस्तै, कांग्रेसका अर्का उपसभापति धनराज गुरुङले पनि संसदीय समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्