
काठमाडौं । बुधबार बिहान ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।
१२ बजेर १५ मिनेट जाँदासम्म बैठक सुरु नभएको हो । अर्थमन्त्री जनार्दन शर्मा प्रकरणका कारण बैठक बस्न ढिला भएको बुझिएको छ ।
अर्थमन्त्री शर्माले आज संसदमा बोल्ने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने बताएको छ ।











