Logo
Logo

हाम्रो पार्टीमा प्रवेश गर्नेको भिड छ : विप्लव


882
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्ने मानिसको भिड बढेको दावी गरेका छन् । महासचिव चन्दले केहि आफ्नो मान्छेहरु अन्य पार्टीमा गए पनि अन्य पार्टीबाट भने धेरै नेताहरु प्रवेश गरेको दावी गरे ।

अन्य पार्टीहरु सत्ता र पैसामा भए पनि आफ्नो पार्टी क्रान्तिमा रहेको र क्रान्तिको आन्दोलन निरन्तर रहने दावी गरे । आफ्नो पार्टी सत्तामा नभए पनि पैसा नभए पनि आफ्नो भविष्यको चिन्ता देखेर, देशलाई परिवर्तन गर्नुपर्छ भन्ने सपना देखेर पार्टी प्रवेश गरेको दावी गरे ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दैमहासचिव चन्दले देश परिवर्तनको लागि आफु २०४० सालदेखि नै विद्यार्थी आन्दोलनमा होमिएको दावी गरे ।

नेपाललाई बदल्नको लागि लडिरहेको दावी गरे। उनले आफ्नो पार्टीलाई सत्ता र पैसा नचहिएको दावी गरे । आफूहरुलाई नेपाली जनताको सत्ता चाहिएको चन्दले बताए । उनले नेपाली श्रमिक जनताको मुक्तिलाई सुनिश्चित गर्ने सत्ता चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्