Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

प्रदीप गिरिको अन्त्येष्टिदेखि फोहोर व्यवस्थापनका लागि कोरियासँग हारगुहारसम्म


315
Shares

१. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह राखिने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने, सङ्घीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने ।


२. नेकपा एकीकृत समाजवादीले भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने, पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउने, पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि देशैभर कार्यक्रमको आयोजना गर्ने ।


३. शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि प्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतबाट श्रद्धाञ्जली अपर्ण ।


४. नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाली संसदीय प्रतिनिधिसँग सभामुख अग्निप्रसाद सापकोटाको भेटवार्ता, फोहोर व्यवस्थापनका लागि सहयोगको माग, कोरिया फोहोर व्यवस्थापनमा क्षेत्रमा अब्बल भएकाले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा, नेपाललाई माया गर्ने कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनको भनाइ ।


५. निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्त दिनेशकुमार थपलियाको आग्रह, दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने, जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि उपयुक्त नहुने, निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने, मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने ।


६. आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै दुई अर्ब बराबरको बिजुली भारत निर्यात, थप एक सय ११ मेगावाट बिजुली निर्यातका लागि प्रयास, पहिलो महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार बराबरको बिजुली निर्यात, औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाइ ।


७. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुवै विधेयक प्रमाणीकरण, नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जानकारी ।


८. धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक सात दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा झर्यो, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित, कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा उकालो ।


९. आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट सुरु, जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएयो, आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट थालियो, जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइ राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि ।


१०. केही तालिवान अधिकारीको यात्रा प्रतिबन्धलाई हटाउने संयुक्त राष्ट्रसंघको निर्णय, प्रतिबन्धका लागि म्याद थपका लागि कुनै सम्झौता नगरेको र शुक्रबारदेखि लागु हुनेगरी अन्त्य गर्ने तयारी, दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडनको भनाइ, अमेरिकाले घृणित हिंसाविरुद्ध एकता शिखर सम्मेलन गर्ने, ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण ।

प्रतिक्रिया दिनुहोस्