Logo
Logo

दानबहादुर चौधरीले छाडे बाबुरामको साथ


3.3k
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीलाई केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए । गत साता मात्रै गठन भएको नेसपाले उनलाई उपाध्यक्ष चयन गरेको थियो ।

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । ०५६ सालको आम निर्वाचनमा एमालेबाट कपिलवस्तु क्षेत्र न. १ बाट निर्वाचित भएका थिए ।

०६२/०६३ सालको मधेस आन्दोलनमा उनी तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र न. २ को सभासद बनेका थिए ।

०७० सम्म आइपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालीन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।

२०७२ सालमा संविधान जारी भएपछि भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल भएका थिए । भट्टराई प्रधानमन्त्री भएको बेला त्यहीँ सरकारमा उनी मन्त्री थिए ।

०७४ मा भने उनी पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्