
१. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउने, एउटै चिन्हबाट निर्वाचन लड्ने आधारभूत सहमति, पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई पार्टीले साझा घोषणापत्र बनाएर जाने ।

२. आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको भागबण्डा मिलाउन गठित कार्यदल सहमति नजिक, मंगलबार बस्ने कार्यदलको बैठकबाट सिट बाँडफाँटको टुंगो लाग्ने कार्यदलका सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाइ, सिट बाँडफाँटपछिको अवस्थाबारे पनि छलफल ।

३. आगामी मंसिर हुने निर्वाचनमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको प्रचार गर्न नपाउने, प्रधानमन्त्री, बहालवाला मन्त्री र स्थानीय तहका जनप्रतिनिधि निर्वाचन प्रचारमा खटिँदा त्यसले प्रभाव पार्ने निर्वाचनका आयोगको ठहर, सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न नपाउने, दलहरुसँगको छलफलपछि आचारसंहितालाई अन्तिम रुप दिने तयारी ।

४. मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा, तत्काल राजीनामा दिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्देशन, मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचार र ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा चरम अनियमितता भएकाले राजीनामा दिनुपर्ने भनाइ, मुख्यमन्त्री कार्यालयविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि मधेसमा आफ्नो सरकारले बेइज्जती भएको अभिव्यक्ति ।

५. निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा नेकपा एमालेको ३७ वटा सुझाव, आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह, मौन अवधि २४ घन्टा कायम गर्नुपर्ने भनाइ, आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउने सुझाव ।

६. पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता, दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी नरहने तर्क ।

७. नेपाल र बेलायतबीच द्विपक्षीय श्रम सम्झौता, शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जाँदै, नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, नेपालको स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा मद्दत पुग्ने विश्वास, रोजगार गन्तव्यको विविधीकरणमा नयाँ कोशेढुङ्गा थपिएको भनाइ ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा गिरावट जारी, सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा झर्यो, दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० रुपैयाँ खरिद बिक्री ।

९. आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्वारा प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सुरुवात, विभिन्न खेलका प्रशिक्षक र स्वयंसेवी गरी कास्कीका १९ प्रशिक्षकलाई पहिलो पटक प्रशिक्षण, प्रशिक्षण आगामी एक सातासम्म सञ्चालन हुने, अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक र प्रशिक्षण कार्यक्रमलाई दोस्रो र तेस्रो चरण गरी सबै जिल्लाका पु¥याएर प्रशिक्षकलाई तालिम दिइने ।

१०. इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता बस्न सक्ने ईयूको भनाइ, इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास, दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु, युक्रेनमा आक्रमण गरेदेखि हालसम्म नौ हजार युक्रेनी सैनिक मारको रुसको दाबी ।















