
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीका दुई स्थानमा शंस्कापद वस्तु भेटिएको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले जानकारी दिए ।
ती शंकास्पद वस्तु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने डीएसपी जोशीले बताए । चन्द समुहले आज नेपाल बन्द आह्वान गरेको थियो
बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।














