Logo
Logo

सिटी एक्सप्रेसद्वारा क्यान्सरपीडित शेर्पालाई २ लाख १० हजार सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुप को संयुक्त पहलमा स्तन क्यान्सरपीडित भोटेकोशी गाउँपालिका–५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको छ ।


संकलनबाट जम्मा भएको कुल रकम रु १,९६,९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अल ताईफमार्पmत प्राप्त भएका र १३,०३६ रुपैयाँ थप सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एक मुष्ट गरी कुल रकम रु २,१०,००० सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपचारको लागि क्यान्सरपीडित ४८ वर्षीयँ पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरेका छन् ।

विगत दुई वर्षदेखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराकस्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्