Logo
Logo

आगामी चुनावपछि मुलुक नयाँ कोर्षमा जान्छ : मन्त्री चौधरी


1.1k
Shares

बुटवल । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् ।

शनिबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औँल्याए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।

नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहेका चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरि मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । उनले नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउँदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गरेको बताए ।

मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए । रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउँदै यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्