
काठमाडौं । सांसद गगनकुमार थापाले युवापुस्तालाई आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रम उनले युवापुस्तालाई मिहेनत गर्न आग्रह गरे । लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीले सही गन्तव्य रोजेकामा धन्यवाद दिए ।
कार्यक्रमको विशिष्ट अतिथि त्रिविका पूर्व उपकुलपति डा. तिर्थ खनियाँ, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनि कोइराला, बीबीएम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति थियो ।
यस्तै कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका कोच विष्णु गुरूङ, शिक्षक शिक्षिका, अभिभावकसहित विद्यार्थीको सहभागि थिए ।
लुम्बिनी एकेडेमीक कलेज विशेषगरि व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।














